२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

जापानबाट आइपुग्यो १६ लाख डोज एस्ट्राजेनेका खोप

जापानबाट आइपुग्यो १६ लाख डोज एस्ट्राजेनेका खोप

गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
  • काठमाडौं, ७ भदौ । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको थियो । आज अन्तिम चरणमा बिहान ९ः४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो ।

    १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।

    व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।

    अहिले आएको खोप प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिशिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij