काठमाडौँ, १८ असोज। काठमाडौंको खुलामञ्चमा आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनको भव्य उद्घाटन हुँदैछ। उद्घाटन समारोह दिउँसो २ बजे हुने कार्यक्रम छ। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।
महाधिवेशनमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन्। महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउँदैछन्।
कांग्रेसले यसलाई अहिलेसम्मकै ठूलो सहभागिता भएको जनाएको छ। देशका ७७ वटै जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधिहरू काठमाडौं आएका छन्।