२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ, १९ भदौ। भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको उपचार गरिएको छ। बाढीले ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौँ नागरिकलाई विस्थापित बनाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन्। नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले स्वास्थ्योपचार पाएका छन्। प्रभावित क्षेत्रमा राहतसँगै घाइतेको उपचारलाई तीव्रता दिइएको छ।

    प्राधिकरणका अनुसार बाढीपछि ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्। हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ, जसमध्ये ३ हजारभन्दा बढी विस्थापितलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले उद्धार गरिएकाहरूलाई खानपान, स्वास्थ्य र आधारभूत सेवा उपलब्ध गराउँदै बेपत्ताको खोजी जारी राखिएको जानकारी दिइन्।

    यसैबीच, बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासी (सुस्ता पूर्व र पश्चिम) तथा भारतमा गरी १ हजार २९० जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला, ४२७ पुरुष र ५३२ आंशिक अङ्ग रहेका छन्। उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र विस्थापितको पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij