२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

त्रिशूली ३ ‘ए’ सुरुङभित्रबाट सुनियो मानिसको आवाज, उद्धार कार्य तीव्र

त्रिशूली ३ ‘ए’ सुरुङभित्रबाट सुनियो मानिसको आवाज, उद्धार कार्य तीव्र

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १९ २०८३
  • रसुवा, १९ भदौ। रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्यले नयाँ आशा जगाएको छ।सुरुङभित्र थुनिएका व्यक्तिहरूको अवस्था पत्ता लगाउन निरन्तर खटिएको उद्धार टोलीले भित्रबाट जीवित मानिसको आवाज सुनेको पुष्टि गरेको छ।

    उद्धार स्थलमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीका अनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज स्पष्ट सुनिएको छ। उद्धारकर्मीहरूले बाहिरबाट ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिएपछि भित्र फसेका व्यक्तिहरूले ‘हुन्छ’ भनेर सकारात्मक प्रतिक्रिया फर्काएका छन्।

    सुरुङभित्रबाट मानवीय प्रतिक्रिया प्राप्त भएसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले उद्धार कार्यलाई अझ तीव्र र सतर्कतापूर्वक अघि बढाएको छ।

    अवरुद्ध सुरुङको मुख खुलाउने, भित्र अक्सिजन आपूर्ति सहज बनाउने तथा फसेका नागरिकहरूलाई सकुशल बाहिर निकाल्न उद्धार टोली युद्धस्तरमा जुटिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij