२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

भोटेकोशी बाढीका ८५ शव काठमाडौँमा पुरियो

भोटेकोशी बाढीका ८५ शव काठमाडौँमा पुरियो

गण्डकी टाइम्स
बुधवार, भाद्र १७ २०८३
गण्डकी टाइम्स
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । भदौ १० को भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलितमध्ये ८५ शव काठमाडौँमा ‘व्यवस्थापन संरक्षण’ भन्दै जमिनमा पुरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएअनुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ बमोजिम डिएनए स्याम्पल सुरक्षित राख्दै ‘व्यवस्थापन संरक्षण’ गरिएको हो । ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियोे ।

    ती शवहरु गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा पुरिएका छन् । शवको डिएनए परीक्षणपछि आफन्तले दाबी गरेमा उपलब्ध गराइने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij