२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

जिम्मेवारीको सारा बोझ मेरो काँधमा छ जस्तो अनुभव हुन्छ : अध्यक्ष प्रचण्ड

जिम्मेवारीको सारा बोझ मेरो काँधमा छ जस्तो अनुभव हुन्छ : अध्यक्ष प्रचण्ड

गण्डकी टाइम्स
बुधवार, भाद्र ४ २०८२
गण्डकी टाइम्स
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको राजनीतिक स्थायित्व आफ्नो काँधमा रहेको भन्दै आफूले जिम्मेवारी छोड्दा मुलुकको राजनीति 'गर्ल्यामगुर्लुम' ढल्ने हो कि भन्ने चिन्ता लाग्ने बताउनु भएको छ । बुधबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित कृतिहरू—'रङ्गिन घरहरू' (कथासङ्ग्रह), 'ढुङ्गामा आकार' (कवितासङ्ग्रह) र 'आवाज' (श्रव्य नाटक सङ्ग्रह)—को लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभयो । "म अहिले सरकारको नेतृत्वमा छैन, प्रमुख प्रतिपक्षको भूमिकामा छु। तर, मलाई यस्तो लाग्छ–देशको राजनीतिको मुख्य खाँबो मैले छोडिदिएँ भने सबै भत्किन्छ कि जस्तो हुन्छ। गर्ल्यामगुर्लुम ढल्ने हो कि, जिम्मेवारीको सारा बोझ मेरो काँधमा छ जस्तो अनुभव हुन्छ," प्रचण्डले भन्नुभयो । उहाँले कहिलेकाहीँ यो सोचाइ गलत पनि हुन सक्छ भन्ने मनन गर्ने गरेको बताउनु भयो । "कहिलेकाहीँ सोच्छु, जीवनमा यस्तो त हुँदैन। मान्छेले निश्चित समयसम्म मात्र जिम्मेवारी बोक्छ, अन्ततः मर्छ र अरूले गाडी चलाउँछ। तर, जिम्मेवारीबोधले अन्तिम अवस्थासम्म थिचिरहन्छ," उहाँले भन्नुभयो । प्रचण्डले राजनीतिक जिम्मेवारीका कारण साहित्य क्षेत्रलाई समय दिन नसकेको गुनासो पनि गरे। यद्यपि, आफू प्रधानमन्त्री हुँदा साहित्य र खेलकुद क्षेत्रको विकासका लागि सक्दो प्रयास गरेको दाबी गरे। "प्रधानमन्त्री हुँदा साहित्य र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको थिएँ," उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij