`राम्रो ठमेल, हाम्रो ठमेल´ बनाउन ठमेल पर्यटन परिषदमा मेरो उम्मेदवारी : सहदेव धमला
`राम्रो ठमेल, हाम्रो ठमेल´ बनाउन ठमेल पर्यटन परिषदमा मेरो उम्मेदवारी : सहदेव धमला
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, ३० असार । ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमितिको लागि असार ३२ गते निर्वाचन हुँदैछ । परिषदको उपाध्यक्ष पदमा व्यवसायी सहदेव धमलाले उम्मेदवारी दिएका छन् । धमलाले भविश्वर शर्माको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले समग्र ठमेल क्षेत्रको विकासको लागि आफुले उम्मेदवारी दिएको बताए । “राम्रो ठमेल, हाम्रो ठमेल“ बनाउने आफ्नो टिमको योजना रहेको उनले सुनाए । शर्माको टिममा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको भन्दै आफ्नो प्यानलले जित्ने दाबी गरे ।
धमला विगत १८ वर्षदेखि राजधानीको ठमेललाई केन्द्र बनाएर व्यवसाय गर्दै आएका छन् ।
उनले ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, होटल तथा रेष्टुरेन्ट सञ्चालन समेत गर्दै आएका छन् ।
स्नातकोत्तरसम्मको अध्ययन गरेका धमला ठमेल पर्यटन विकास परिषदका पुर्वकार्यसमितिका सदस्य समेत हुन् ।
प्रतिक्रिया