२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : हिमालयन कम्युनिटीको पहलमा थाइल्याण्डमा चम्किए नेपाली प्रतिभा

नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : हिमालयन कम्युनिटीको पहलमा थाइल्याण्डमा चम्किए नेपाली प्रतिभा

गण्डकी टाइम्स
शनिवार, भाद्र ६ २०८३
गण्डकी टाइम्स
शनिवार, भाद्र ६ २०८३
  • काठमाडौं, ६ भदौ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दर्जनौँ नेपाली प्रतिभालाई थाइल्याण्डमा आयोजित नेपाल–थाइल्याण्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड्स–२०२६ मा सम्मान गरिएको छ।

    हिमालयन कम्युनिटी प्रोजेक्ट र वल्र्डवाइड प्रोडक्सन मिडियाको संयुक्त आयोजनामा सम्पन्न समारोहमा नेपालसहित अमेरिका, अष्ट्रेलिया, क्यानडा, माल्दिभ्स, भारत र इजरायलमा रहेर साहित्य, पत्रकारिता, पर्यटन, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद, संस्कृति तथा व्यवसायका क्षेत्रमा योगदान पुर्‍याएका नेपालीलाई सम्मान गरिएको हो।

    स्थानीय शासन तथा विकासतर्फ गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई तथा सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ सम्मानित भए।

    त्यस्तै साहित्य, पत्रकारिता, पर्यटन, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद तथा व्यवसाय क्षेत्रमा योगदान पुर्‍याउने शम्भु विक्रमध्वज जोशी, बिक्रम भक्त जोशी, श्याम स्मृति, पदमलाल काफ्ले, पारस भण्डारी, नानुकाजी अर्याल, सुदीप गौतम, अनुज भुजेल, बिनोद चौलागाईं, सुदीप श्रेष्ठ, धीरज श्रेष्ठ, रोशन कार्की, सन्तोष चौहान, प्रदीप गौतम, भागिरथा विष्ट क्षेत्री तथा रञ्जना बुढाथोकीलगायतलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।

    विदेशमा रहेर नेपाली पाककला तथा नेपालको पहिचान प्रवद्र्धन गर्दै आएका राम थापा (अमेरिका), भाबी खनाल (अष्ट्रेलिया), बिक्रम वैद्य (अमेरिका), बिनोद तामाङ (माल्दिभ्स), साई कुमार शर्मा (भारत), दीपक कार्की (क्यानडा), जितमान बस्नेत (अमेरिका), भरत सुनुवार, गोविन्दप्रसाद आचार्य तथा बेदप्रसाद अधिकारी (अमेरिका) लगायत शेफ तथा पाककला क्षेत्रका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।thailand2.jpg

     

    कार्यक्रमका सभापति तथा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले समारोहले नेपाल–थाइल्याण्ड मैत्रीलाई थप मजबुत बनाउनुका साथै नेपाली प्रतिभा, पर्यटन तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने उद्देश्य बोकेको बताए।

    वल्र्डवाइड प्रोडक्सन मिडियाका प्रबन्ध निर्देशक कुमारप्रसाद चौलागाईंले नेपाली सीप, प्रतिभा, कला, संस्कृति, पर्यटन र उद्यमशीलतालाई विश्वस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

    आयोजकका अनुसार समारोहले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै नेपाल र थाइल्याण्डबीच पर्यटन, संस्कृति, उद्यमशीलता तथा सामाजिक सहकार्य विस्तारको सन्देश दिएको छ।

    रामप्रसाद सापकोटाको नेतृत्वमा मैत्री र पर्यटन प्रवद्र्धनको पहल

    कार्यक्रमका सभापति तथा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले नेपाल–थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने, थाइल्याण्डमा रहेका नेपाली समुदायबीच सामाजिक सद्भाव कायम गर्ने तथा नेपालको पर्यटन, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

    सापकोटाले विदेशमा रहेका नेपालीहरूको प्रतिभा र योगदानलाई नेपालसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा सम्मान र पहिचान दिलाउने अभियानलाई निरन्तरता दिने बताए। उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नै स्रोतसाधनबाट समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गरी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने थाइल्याण्डस्थित नेपाली समुदाय, अतिथि, सहभागी तथा विभिन्न क्षेत्रका सहयोगीहरूप्रति आभार व्यक्त गरे।ramsapkota2.png

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij