बुट्टारमा सञ्चालनमा आयो रिभर फन जिपलाइनसंगै रोप साइक्लिङ
बुट्टारमा सञ्चालनमा आयो रिभर फन जिपलाइनसंगै रोप साइक्लिङ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २६ चैत । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टार स्थित रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रुपमा जिपलाइनको उद्घाटन गरेका हुन् ।
रिभर फन बिच रिसोर्टका सञ्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्ट सम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ ।
५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् । नदि माथिको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने उनको भनाइ छ ।
जिपलाइन खेल्न प्रति ब्यक्ती नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने छ । फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।
रिभर फन क्याफे
रिभर फन क्याफेमा कफी बार, कक्टेल, मक्टेल, बर्गर, पिज्जा क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सन्चालनमा आएको छ ।
मल्टि क्युजिन क्याफे भएकाले विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने अधिकारीको भनाइ छ ।
९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको छ ।
प्रतिक्रिया