२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

अबैध सम्पती आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

अबैध सम्पती आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
  • काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । श्रेष्ठले शिक्षकहुँदै मन्त्री पदमा बहाल रहँदा चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बराबर रकम पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणसहित मुद्दा दर्ता गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्याम प्रसाद भण्डारीले जानकारी दिए । श्रेष्ठ शिक्षकहुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए । प्रवक्ता भण्डारीका अनुसार श्रेष्ठ २०२६ साल चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरी २०३६ साल कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका थिए । उनी २०६९ चैत ६ गतेदेखि २०७० साल माघ २९ गतेसम्म पर्यटन, शान्ति तथा खेलकुदमन्त्री भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij