२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा दोहोरो अंकको सुधार

नेप्सेमा दोहोरो अंकको सुधार

गण्डकी टाइम्स
मंगलवार, माघ १८ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ १८ २०७८
  • काठमाडौं, १८ माघ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन १३ अंकले घट्दै २८ सय ७२ अंकमा झरेको नेप्से मंगलरबार निर्वाचन आयोगगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेसँगै पुनः नेप्सेमा एकाएक वृद्धि आएको हो ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने प्रस्ताव गरेको छ । यस्तै, गत आइतबार पनि स्थानिय तहको निर्वाचन बैंशाख–जेठ भित्रै गर्ने राजनीतिक दलहरुमा सहमति भएसँगै नेप्से एकाएक १०५ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ ।

    त्यसो त १९ अंकमाथिले बढेको बजारमा आज साढे ६ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड २१ लाख कित्ता भन्दा माथिको सेयर बजारमा ८० हजार भन्दा बढी पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १३ अंकले घटेको बजारमा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij