२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २२ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २२ २०७८
  • काठमाडौं, २२ फागुन । सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

    यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले घटेको बजारमा आज २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij