२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

गण्डकी टाइम्स
आइतवार, पौष ११ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष ११ २०७८
  • काठमाडौं, ११ पुस । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।

    दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।

    बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

    समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij