२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

गण्डकी टाइम्स
सोमवार, मंसिर २७ २०७८
गण्डकी टाइम्स
सोमवार, मंसिर २७ २०७८
  • काठमाडौं, २७ मंसिर । साताकोको दोस्रो दिन सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको छ । आइतबार २३ सयको लाइनमा झरेको नेप्से परिसूचक एकैदिनमा २२ सयको लाइनमा झरेको हो ।

    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । कारोबार रकम भने आइतबारको भन्दा धेरै हो । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।

    बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बोटलर्स नेपाल (तराई) ५ लशमव ४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ । माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।

    धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीहरु देखिएक छन् । यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij