२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

गण्डकी टाइम्स
आइतवार, मंसिर २६ २०७८
गण्डकी टाइम्स
आइतवार, मंसिर २६ २०७८
  • काठमाडौं, २६ मंसिर । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले घटेर २३ सयको लाइनमा झरेको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकमा झरेको छ ।

    कारोबार रकममा पनि आइतबार उत्साह देखिएन । दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ भएको छ ।

    आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij