२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि सेयर बजार दोहोरो अंकले वृद्धि

आज पनि सेयर बजार दोहोरो अंकले वृद्धि

गण्डकी टाइम्स
मंगलवार, कार्तिक ३० २०७८
गण्डकी टाइम्स
मंगलवार, कार्तिक ३० २०७८
  • काठमाडौं, ३० कात्तिक । मंगलबार सेयर बजार परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

    मंगलबार दोस्रोे बजारमा २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

    मंगलबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ । मंगलबार महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । महालक्ष्मीको ३७ करोड २६ लाख, नेशनलको ३० करोड ४२ लाख र अपिको २३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij