२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने

७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १२ २०७८
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १२ २०७८
  • काठमाडौं, १२ कात्तिक । ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

    महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिइने जनाएको छ । खोप कार्यक्रम कात्तिक १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ ।

    दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने महानगरले जनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij