२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन, अनावश्यक भ्रम छर्ने काम भयो

चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन, अनावश्यक भ्रम छर्ने काम भयो

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
  • काठमाडौं, १८ भदौं । चीनले नेपालसंग कुनै सीमा विवाद नभएको प्रष्ट पारेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’ उसले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ । केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ । दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ । हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij