कामरेडको धरहराबाट देश
कामरेडको धरहराबाट देश
गण्डकी टाइम्स
गण्डकी टाइम्स
खुब व्यस्त छन् कामरेड आजभोलि
मार्क्सवाददेखि लेनिनवाद सम्मको गफ गर्न
कहिले भीड जम्मा गर्छन् शक्ति पर्दशन गर्न
कामरेडसंग छ समय, पैसा र प्रतिष्ठा
राम मन्दिर, भ्युटावर र हनुमानको मुर्ति बनाउन
खुब जोसिला छन् कामरेड आजभोलि
शिलान्यास गर्दै शिलापत्रमा नाम लेखाउन
कामरेडको धरहरा सवार हुँदा
पक्कै पनि देखे होला ।
फेदबाट झन्डा बोकेर 'माहाराजा' जिन्दावाद भन्ने समर्थक
तर देखेनन् कामरेडलेसँगै धरहरा बनाउने मजदुर
शितल निवासमा महारानी बगैंचामा देखे
तर देखेनन् फेदैमा मागिरहेकी बुढी आमा
ठुला ठुला महलमा सजिएका ठुला सपना देखे
तर देखेनन बाग्मती र बिष्णुमति किनारमा सुकुम्बासी कथा
तारे होटेलका सबै सुरा सुन्दरी देखे
तर देखेनन् नजिकै पुलमा
गास, बास र कपासका लागि ग्राहक कुरिरहेकी सुन्दरी
शहरमा उभिएका ठुला ठुला भबन देखे
तर देखेनन दुर दराजका भग्नाबसेश बस्तीहरु
वाइडबडि र एम.सी.सी.को धेरै मुनाफा देखे
तर देखेनन् मुशहर बस्तीमा भोकको कथा
सेटिङ मिलाउने प्रहरी र जुझारु कार्यकर्ता देखे
तर देखेनन् बलात्कृत निर्मला र सम्झनाका आँसु
नागार्जुन र शिबपुरिका सबै जङ्गल देखे
तर देखेनन् नजिकै वीर र ट्रमामा
अक्सिजनको अभावमा छटपटाइरहेका बिरामी ।
हो कामरेडको धरहराबाट यस्तै यस्तै देखिन्छ
तर देशलाई दुरदेखि सुदुर देखिने धरहरा चाहिएको छ ।
प्रतिक्रिया