२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लामिछानेको पहिलो कृति ‘चिल्लीबिल्ली’ बजारमा

लामिछानेको पहिलो कृति ‘चिल्लीबिल्ली’ बजारमा

गण्डकी टाइम्स
शनिवार, मंसिर २० २०७७
गण्डकी टाइम्स
शनिवार, मंसिर २० २०७७
  • काठमाडौं, २० मंसिर । ठाकुरप्रसाद लामिछानेको पुस्तक ‘चिल्लीबिल्ली’ बजारमा आएको छ । २०७२ सालमा नेपालमा आएको महाभूकम्पले निम्त्याएको मानवीय संवेदना र भौतिक क्षतिलाई पुस्तकमा विश्लेषणात्मक रुपमा प्रस्तुत गरीएको छ । लेखन कार्यमा क्रियाशील लामिछानेको यो पहिलो प्रकाशित कृति हो । भूकम्प पश्चात मानिसलाई परेका पिडाहरु, भौतिक रुपमा भएका क्षतिहरु, राहत बाड्दा तथा सर्वेक्षण गर्दा भएका विभिन्न कमीकमजोरीहरु, भूकम्प पश्चात् गरीब तथा पिछडीएका समूदायले भोग्नु परेको समस्या लगायतका विषयवस्तुहरुलाई पुस्तकमा विश्लेषण गरीएको छ ।    

    ठाकुरप्रसाद लामिछाने पुस्तक ‘चिल्लीबिल्ली’

    भूकम्प गएको केही समयसम्म भूकम्पीय जोखीमका विषयमा विभिन्न चर्चा परीचर्चा हुने गरेको भएपनि समय बितेसंगै ठूला–ठूला भवनहरु बन्ने क्रम नरोकिने, भूकम्प प्रतिरोधी घर नबन्ने लगायतका कार्य दुःखद भएकाले सो बारे पनि पुस्तकले सचेत गराएको छ । नेपाल भूकम्पीय दृष्टीकोणले जोखीममा रहेको अवस्थामा भूकम्पबारे चेतना दिनुका साथै मानवीय तथा भौतिक क्षति कम गर्न पुस्तकले सघाउ पुर्याउने लेखक लामिछानेको विश्वास छ । शिक्षण पेशामा समेत आबद्ध रहेका लामिछानेले पुस्तकले नेपाल र नेपालीको कल्याण गर्ने विश्वास व्यक्त गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij