२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

संवेदनहिनता र विकृति विरुद्ध कविता

संवेदनहिनता र विकृति विरुद्ध कविता

गण्डकी टाइम्स
बिहिवार, पौष २७ २०७४
गण्डकी टाइम्स
बिहिवार, पौष २७ २०७४
  • ठण्डीले कठ्याङ्ग्रीएको छ हात, मान्यवर कसरी कविता लेखौ
    आगनमा कक्रिएको छ लास, मान्यवर कसरी सपना देखौ
    प्रातमा घाटको यात्रा गर्नु नै छ, तपाई अतिथि म मलामी त्यही भेटौँ
    चिताको आगो तापेपछि, खरानीको मात्रा नापेपछि
    फेरी फुर्छ कविता, तपाईको स्तुतिमा अझ कति लेखौ?
    मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको मासिक शान्ति काव्य प्रवाहको ६३ औँ श्रृखंलामा कृष्ण पहाडीद्वारा प्रस्तुत कविताको अंश हो यो । २०७४ पुस २७ गते काडमाण्डौँस्थित शान्ति समाजको केन्द्रिय कार्यालयमा सम्पन्न ६३ औँ शान्ति काव्य प्रवाहमा कतिपय कविहरुले आफ्नो रचनामा आधुनिक नेपालका महानायक पृथ्वीनारायण शाहलाई स्मरण गरेका थिए भने कतिपयको कविता संवेदनहिनता र विकृति विरुद्ध  केन्द्रित थियो ।
    समाजका महासचिव उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहमा वरिष्ठ गजलकार रामबहादुर पहाडी, मदन कार्की, रत्ननीधि रेग्मी, बाबुराम लामिछाने, मेनका पोख्रेल आचार्य, रामेश्वरी पन्त, गंगा कर्माचार्य पौडेल, अन्जु विष्ट, पुष्पा धमला, विमला दाहाल, उर्मिला पन्त पाण्डेय, प्रिति कौर, कुसुम शर्मा, रश्मी रिमाल, पुन्य गौतम विश्वास, विजयध्वज थापा, जसध्वज गुरुङ, त्रिभुवन चन्द वाग्ले, जनार्दन अधिकारी, नवराज श्रेष्ठ, रुद्र अधिकारी, गगनदीप शर्व, भुवन शिवाकोटी चौघरे, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, निर्मल पराजुली, प्रमोद स्नेही, दिनेश संग्रौलासहित २९ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij