सन्जु चाम्लिङ राई हलेसी तुवाचुङ नगरपालिका–७
मनका कुरा शब्दहरुमा , लेखे अनि रोएं । आफ्नै नजर एकान्तमा , छेके अनि रोएं । कर्तव्य सम्झिएर नै , मेरो खोजिन अधिकार , सब्बै सपना पैतालामा , टेके अनि रोएं । न आश न भरोसा नै , कतै जिन्दगीको बाँचेकै कसैको सहारामा , देखे अनि रोएं । पालुवा पाउलनै छोडेको , वसन्त उजाड झैं , जीर्ण शरीर आफ्नै सुरमा , केके अनि रोएं ।।