२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दिल्लीको लालकिल्लानजिकै कारबम विस्फोट : १० जनाको मृत्यु, २४ घाइते

दिल्लीको लालकिल्लानजिकै कारबम विस्फोट : १० जनाको मृत्यु, २४ घाइते

गण्डकी टाइम्स
सोमवार, कार्तिक २४ २०८२
गण्डकी टाइम्स
सोमवार, कार्तिक २४ २०८२
  • दिल्ली, २४ कात्तिक। दिल्लीस्थित लालकिल्ला नजिकै विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। कारमा विस्फोट भएको जनाइएको छ। ‘यो निकै शक्तिशाली विस्फोट थियो,’ दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्। लोकनायक अस्पतालले ८ जनाको मृत्यु पुष्टि गरेको हो। कम्तीमा तीन वटा गाडीमा आगो लागेको बताइएको छ। विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ। ‘लालकिल्ला मेट्रो स्टेसनको १ नम्भबर गेटमा पार्किङ गरिएको एउटा कारमा ठूलो विस्फोट भएको छ,’ दिल्लीको अग्नि नियन्त्रण सेवाले भनेको छ। जलेको कारबाट धुवाँको मुस्लो उठेको दृश्य देखिएको छ। प्रहरी दिल्लीसहित अन्य सहरमा पनि सतर्कता बढाएको बताएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ दिल्लीमा भएको विस्फोटमा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij