२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

घानामा हेलिकोप्टर दुर्घटना, रक्षा र पर्यावरणमन्त्रीसहित ८ जनाको मृत्यु

घानामा हेलिकोप्टर दुर्घटना, रक्षा र पर्यावरणमन्त्रीसहित ८ जनाको मृत्यु

गण्डकी टाइम्स
बुधवार, श्रावण २१ २०८२
गण्डकी टाइम्स
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो । घाना सरकारले शोक व्यक्त गरेका छ । दुर्घटनाग्रस्त जेड–९ हेलिकोप्टर एक युटिलिटी हेलिकोप्टर थियो, जसको प्रयोग सामान्यतया यातायात र चिकित्सा उद्धारका लागि गरिन्थ्यो । राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए । उनले यसलाई राष्ट्रिय आपतकालीन अवस्थाको संज्ञा दिए । सन् २०१४ मे मा एक सेवा हेलिकोप्टर समुद्र तटनजिकै दुर्घटना भएको थियो, जसमा कम्तीमा तीनजनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij