२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लस एन्जलसको नाइटक्लबबाहिर मान्छेमाथि गाडी गुडाइयो, ३० भन्दा बढी घाइते, चालकलाई भीडले हाने गोली

लस एन्जलसको नाइटक्लबबाहिर मान्छेमाथि गाडी गुडाइयो, ३० भन्दा बढी घाइते, चालकलाई भीडले हाने गोली

गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०८२
  • लस एन्जलस, अमेरिका। अमेरिकाको लस एन्जलसस्थित पूर्वी हलिउडको एक नाइटक्लब बाहिर शनिबार राति एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा ३० जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीहरूले जनाएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार निसान वर्सा गाडीका चालकलाई क्लबभित्र प्रवेश गर्न नदिएपछि उनले रिसले गाडी लिएर फर्किएर भीडमा ठोक्क्याएका थिए।घटनापछि उपस्थित व्यक्तिहरूले चालकलाई गाडीबाट निकालेर हातपात गरेका थिए। त्यसक्रममा एक अज्ञात व्यक्तिले चालकलाई गोली प्रहार गरेका थिए। गोली लागेका चालकलाई अस्पतालमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर रहेको जनाइएको छ। एलए प्रहरीले घटनालाई “जानी-जानी गरिएको आक्रमण” भनेर उल्लेख गर्दै घटनामा संलग्न सबै व्यक्तिको पहिचानमा अनुसन्धान तीव्र पारेको छ। गोली चलाउने व्यक्ति भने हालसम्म पक्राउ परेका छैनन्। मेयर करेन बासले घटनालाई “हृदयविदारक र दुःखद” भन्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छिन्। घटनास्थलमा १ सय २४ जना आपतकालीन सेवाकर्मी खटाइएको थियो भने घाइतेलाई विभिन्न अस्पतालमा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij