२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

चुमनुब्री गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

चुमनुब्री गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

गण्डकी टाइम्स
शुक्रवार, जेठ १७ २०८२
गण्डकी टाइम्स
शुक्रवार, जेठ १७ २०८२
  • गोरखा, १६ जेठ । भूमि आयोगको आयोजनामा गोरखा क्षेत्र नं १ अन्तर्गत चुमनुब्री गाउँपालिकामा घरजग्गा धनीपुर्जा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईं रहेका थिए भने विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने थिए। कार्यक्रममा भूमि आयोग गोरखा जिल्ला अध्यक्ष राजनराज पन्त, चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू, समुदायका अग्रजहरू, सामाजिक अगुवा तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रममार्फत स्थानीय भूमि विहीन तथा सुकुम्बासी परिवारहरूलाई संस्थागत रूपमा भूमि वितरण गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बजगाईंले सरकारले भूमि अधिकारको सुनिश्चितता र सामाजिक न्याय स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस अभियानले समावेशी विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij