आजको मौसम कस्तो रहला ?
आजको मौसम कस्तो रहला ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २६ फागुन। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।
प्रतिक्रिया