२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

गण्डकी टाइम्स
शनिवार, माघ १९ २०८१
गण्डकी टाइम्स
शनिवार, माघ १९ २०८१
  • काठमाडौं, १९ माघ । नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । नक्कली इन्सपेक्टर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँ घर भएका ४६ वर्षीय रत्न लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका थापा र चौधरी पक्राउ परेका छन् भने लामिछानेलाई भने फरार प्रतिवादी बनाइएको छ । नक्कली इन्सपेक्टरलाई २२ पुसमा पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij