प्रेस सेन्टर प्रदेश नं. १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित
प्रेस सेन्टर प्रदेश नं. १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
विराटनगर, १२ माघ । प्रेस सेन्टर नेपाल प्रदेश नं. १ (कोशी) प्रदेशको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसहमति भएको छ । राई ४१ मतका साथ विजयी भएका हुन् अर्का अध्यक्षका प्रत्यासी नवराज कट्टेलले भने ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेशको तेस्रो अधिवेशनवाट खुल्ला उपाध्यक्ष सुजन तिमिल्सिना, महिला उपाध्यक्ष सुजता लिम्बु, समावेशी उपाध्यक्ष सेसेहाङ लाओती, महासचिव गोकुल पराजुली, खुल्ला सचिव ईस्वर थापा, जनजाति सचिव डिकेश लामा, महिला सचिव विनु तिम्सिना, मधेशी सचिव सत्यनारायण शर्मा, दलित सचिव राकेश नेपाली, कोषाध्यक्ष झुलन रेग्मि निर्वाचित भएका छन् ।
प्रतिक्रिया