२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

‘नयाँ शक्ति’ थपेर बाबुरामको पार्टीको नाम परिवर्तन

‘नयाँ शक्ति’ थपेर बाबुरामको पार्टीको नाम परिवर्तन

गण्डकी टाइम्स
मंगलवार, कार्तिक ६ २०८१
गण्डकी टाइम्स
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौँ, ६ कत्तिक। नेपाल समाजवादी पार्टी नेसपाले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ। पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो। आजै सचिवालय बैठक बसेको थियो। महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरूबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij