२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

जनकपुरधाम-अयोध्या रेल सेवा छिट्टै सञ्चालन गर्ने सरकारको तयारी, रेल सेवा सञ्चालनका लागि समय तालिका समेत सार्वजनिक

जनकपुरधाम-अयोध्या रेल सेवा छिट्टै सञ्चालन गर्ने सरकारको तयारी, रेल सेवा सञ्चालनका लागि समय तालिका समेत सार्वजनिक

गण्डकी टाइम्स
बुधवार, आषाढ १३ २०८१
गण्डकी टाइम्स
बुधवार, आषाढ १३ २०८१
  • काठमाडौँ, १२ असार । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । रेल सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। जनकपुरधाम-अयोध्या रेल सेवा प्रत्येक शनिबार दिनको १:३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७:३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो । जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि उद्घाटनको समय तालिका मिलाउन लागिएको र समय मिल्नासाथ औपचारिक घोषणा गर्ने महाप्रबन्धक झाको भनाइ छ। विसं २०७८ चैत २० गतेदेखि जयनगर–कुर्थासम्म र विगत एक वर्षदेखि महोत्तरीको भङ्गाहासम्म रेल सञ्चालन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij