२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

प्रेस सेन्टरको पदाधिकारी बैठक आज बस्दै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

प्रेस सेन्टरको पदाधिकारी बैठक आज बस्दै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

गण्डकी टाइम्स
शनिवार, चैत्र २४ २०८०
गण्डकी टाइम्स
शनिवार, चैत्र २४ २०८०
  • काठमाडौं, २५ चैत । प्रेस सेन्टर नेपालकाे केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौंमा बस्दैछ । बैठक नेकपा माओवादी केन्द्रकाे केन्द्रीय मुख्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे । अहिले विहान ८ बजेदेखि शुरू हुने बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे महासचिव सन्तोष पौडेलले जानकारी दिए । बैठकमा पार्टी उपाध्यक्ष तथा प्रबक्ता एवम् प्रेस सेन्टर नेपालका इन्चार्ज अग्नि सापकोटा,  सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा लगायतले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे महासचिव पाैडेलले बताए । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार, नीति परामर्श समिति सदस्यहरू सहभागी हुनेछन् । बैठकले बदलिएको राजनीतिक समिकरण, नेपाल पत्रकार महासंघकाे निर्वाचन, सामुदायिक रेडियो प्रसारक संघलगायतका साझा माेर्चाहरूका विषयमा रणनीति तयार गर्नुका साथै संगठनकाे विधान र आगामी रणनीति र याेजनाका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij