श्रेष्ठले पाए ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’, शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’
श्रेष्ठले पाए ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’, शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ९ माघ । अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठले ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । यसैगरी यस वर्षकै उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्राप्त गरे ।
मंगलबार स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस’ विशेष सन्ध्याकालीन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् ।
समारोहमा प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले २०७२ सालको महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानव सिर्जित विपद्मा खटिएर जनताको जीवनरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा समेत थप प्रभावकारी कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलताका बाबजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल राष्ट्रसेवकहरूको योगदान धेरै नै महत्त्वपूर्ण रहेको बताए ।
प्रतिक्रिया