२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

गण्डकी टाइम्स
बिहिवार, पौष २६ २०८०
गण्डकी टाइम्स
बिहिवार, पौष २६ २०८०
  • प्युठान, २६ पुस । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार सुनारसँगै रहेका उनका साथी पनि घाइते छन् । उनले नै सुनारको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त खबरबारे थप जानकारी दिने छ । थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताएका छन् । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij