२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

फेरी बढ्यो कोरोना संक्रमित, आज कति थपिए ?

फेरी बढ्यो कोरोना संक्रमित, आज कति थपिए ?

गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
  • काठमाडौं, २५ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्‍म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij