२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप

नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप

गण्डकी टाइम्स
शनिवार, माघ २२ २०७८
गण्डकी टाइम्स
शनिवार, माघ २२ २०७८
  • काठमाडौं, २२ माघ । अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।

    अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ स् ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन समेत झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’

    यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरुले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij