२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

गोरखा नगरपालिकाको बदमासी : सुत्केरी षोषण कार्यक्रमको बजेट काटेर बृतचित्र निर्माण

गोरखा नगरपालिकाको बदमासी : सुत्केरी षोषण कार्यक्रमको बजेट काटेर बृतचित्र निर्माण

गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
  • गोरखा, २१ माघ । गोरखा नगरपालिका गोरखाको नवौं नगरसभाले बिभिन्न ७६ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । आज सम्पन्न नगरसभाले बर्थिङ सेन्टरमा सुत्केरी गराए बापत पौष्टिक आहार बितरणका लागि बिनियोजन गरिएको कार्यक्रमको बजेट समेत बृतचित्र निर्माण गर्न नगरपालिकाले रकमान्तरण गरेको छ । त्यस्तै महिला सिप बिकास कार्यक्रमको बजेट पनि नगरपालिका बृतचित्र निर्माणका लागि रकामन्तरण गरेको हो । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरपालिकाको वडा नम्बर ४ मा २०७४ देखि ०७८ सम्म भएका कामको बृतचित्र निर्माणका लागि सुत्केरी षोषण कार्यक्रम र महिला सिप बिकास कार्यक्रमको बजेट समेत कटौती गरेको हो । नगर कार्यपालिकाले बिभिन्न योजनाबाट कुल १ करोड ८५ लाख ५३ हजार रुपैया बराबरको बजेट रकम रकामन्तरण गरेको छ । नगरसभामा नगरप्रमुख राजनराज पन्तले पेश गर्नुभएको प्रस्ताव नगरसभाबाट पारित भएपछि रकमान्तरणका लागि बाटो खुलेको हो । रकमान्तरण गरिएका योजनाहरु दलित सिपमुलक कार्यक्रमदेखि लिएर सडकबाटो निर्माण, गोरेटो बाटो निर्माणसम्मका योजनाको बजेट रहेको नगरसभामा पेश गरिएको प्रस्तावमा उल्लेख छ । नगरसभाले नगरपालिकाको वडा नम्बर १ अन्र्तगत वडास्तरीय ४ वटा र नगरपालिका स्तरीय २ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । त्यस्तै वडा नम्बर २ को वडास्तरीय ८ वटा, नगरस्तरीय १ वटा, वडा नम्बर ३ को वडास्तरीय ४ वटा, नगरस्तरीय २ वटा योजनाको बजेट रकामान्तरण गरेको हो । त्यस्तै वडा नम्बर ४ वडास्तरीय ९ वटा, वडा नम्बर ५ को नगरस्तरीय र वडा स्तरीय गरी दुई वटा योजना, वडा नम्बर ६ को वडास्तरीय ५ वटा र नगरस्तरीय एउटा योजनाको बजेट रकमान्तरण गरेको छ । नगरपालिकाले वडा नम्बर ७ को वडास्तरीय २ वटा, वडा नम्बर ८ को वडास्तरीय ८ वटा, नगरस्तरीय क्रमागत सहित ४ वटा, वडा नम्बर ९ को वडा स्तरीय ५ वटा, वडा नम्बर १० को वडास्तरीय र नगरस्तरीय गरी ३ वटा वडा नम्बर ११ को वडास्तरीय २ वटा र नगरस्तरीय क्रमागत एउटा योजनाको बजेट रकामान्तरण गरेको हो । त्यस्तै वडा नम्बर १२ को वडास्तरीय ५ वटा, वडा नम्बर १३ को वडास्तरीय एउटा र वडा नम्बर १४ को वडास्तरीय ३ र नगरस्तरीय ३ वटा योजनाको बजेट रकमान्तरण गरेको हो । नगरसभाको तयारीका लागि बिहिबार बसेको नगर कार्यपालिकाको बैठकमा बिभिन्न ६ वटा वडाका वडाध्यक्षहरुले नगरप्रमुख राजनराज पन्तले एकलौटी रुपमा ८ औं नगरसभाबाट पारित योजनाहरु कटौटी गरी बजेट रकामान्तरण गरेको भन्दै बैठक समेत बहिस्कार गरेका थिए ।रकमान्तरण गरिएको बजेट टुक्रे योजनामा बिनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij