२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

हावाहुरीले ३ जनाको मृत्यु

हावाहुरीले ३ जनाको मृत्यु

गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
  • काठमाडौं, २१ माघ । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो ।

    धनुषाका एसपी बसन्त रजौरेले धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको जानकारी दिएका छन् ।

    त्यस्तै रौतहटको बौधीमाई नगरपालिका-१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij