२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

खोपको विवरण उपलब्ध गराउन माघ २१ गतेसम्मको ‘डेडलाइन’

खोपको विवरण उपलब्ध गराउन माघ २१ गतेसम्मको ‘डेडलाइन’

गण्डकी टाइम्स
सोमवार, माघ १७ २०७८
गण्डकी टाइम्स
सोमवार, माघ १७ २०७८
  • काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो ।

    सूचनामा स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij