२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट पक्राउ

अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट पक्राउ

गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
  • काठमाडौं, १७ माघ । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

    दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

    मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij