२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ह्वात्तै बढ्यो कारोनाबाट मृत्यु हुनेको संख्या, संक्रमित घट्यो

ह्वात्तै बढ्यो कारोनाबाट मृत्यु हुनेको संख्या, संक्रमित घट्यो

गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
  • काठमाडौं, १६ माघ । कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।

    प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस (कोभिड-१९) ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij