काठमाडौं, १६ माघ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव डेढ करोड रुपैयाँ बराबरको ब्लाक लेबल, रेड लेबल, एब्सोल्युट भोड्का र बेचबिखन गरेको आरोप चार जनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन लिमा सुरु गरेको थियो ।
सो क्रममा २९६ कार्टुन मदिरा सहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिएका छन ।
उनले उक्त मदिराहरु बिशेषत पार्टी प्यालेशमा बिक्री बितरण हुने गरेको पाइएको बताएका छन । भारतबाट बख्रेलले सेटिङ मिलाएर भन्सार छली नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।