२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सुझाव

बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सुझाव

गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
  • काठमाडौं, १३ माघ । सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाएका छन । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् ।

    यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई कोभिशिल्ड, फाईजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताएका छन।

    खोप सल्लाहकार समितिले यस्तो सुझाव दिएपनि सरकारले निर्णय गरिसकेको छैन भने छलफलकै क्रममा रहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij