२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
  • काठमाडौं, १३ माघ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठुलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।

    पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारी संक्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

    केही र्कचारी संक्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिएका छन ।

    उनका अनुसार महानगरमा ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना संक्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij