२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

बालाजुमा ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु

गण्डकी टाइम्स
बुधवार, माघ १२ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ १२ २०७८
  • काठमाडौं, १३ माघ । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेको प्रहरीले जनाएको छ ।

    आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर राखिएको ग्याँस बुलेटको सिसा पुछ्ने क्रममा दुर्घटना भएको हो । रोकि राखेको ग्याँस बुटेलको सिसा पुछ्दै गर्दा अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

    चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

    राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले अनुशन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij