२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

टेकु अस्पतालमा आजबाट कोरोनाविरुद्धको खोप लगाईंदै

टेकु अस्पतालमा आजबाट कोरोनाविरुद्धको खोप लगाईंदै

गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
  • काठमाडौं, ११ माघ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ।

    यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित भएको थियो।

    काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि आज पुनः खोप लगाउने कार्यक्रम सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार आज बिहान १० बजेबाट नियमित खोप कार्यक्रम सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij