२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
गण्डकी टाइम्स
सोमवार, माघ १० २०७८
  • काठमाडौं, १० माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।

    महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताएका छन् ।

    महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ ।

    ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न अनुरोध पनि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij