२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

आज देशका अधिकांश भागमा वर्षाको सम्भावना

आज देशका अधिकांश भागमा वर्षाको सम्भावना

गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
  • काठमाडौं, १० माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। आज बिहान गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ। आज बिहानैदेखि गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।सोमबार दिउसो गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहनेछ। यी चारै प्रदेशका केही स्थानमा हल्का र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ । आज राति पहाडी भूभागमा मौसम बदली रहने छ भने प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने आज राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij