२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

पत्रकार महासंघ अध्यक्षको नैतिकतामाथि प्रश्न उठाउदै दर्जन बढी केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

पत्रकार महासंघ अध्यक्षको नैतिकतामाथि प्रश्न उठाउदै दर्जन बढी केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

गण्डकी टाइम्स
शुक्रवार, पौष ३० २०७८
गण्डकी टाइम्स
शुक्रवार, पौष ३० २०७८
  • काठमाडौं, ३० पुस । कपिलवस्तुमा आज सुरु नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठक एक दर्जन बढी केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् । बैठक सुरु भएर अध्यक्ष विपुल पोखरेलले आशन ग्रहण गरेलगत्तै केन्द्रीय सदस्यहरुले महासंघभित्र भएको आर्थिक अपारदर्शिता, विवादित मिडिया अवार्डको विषय, अवार्डका लागि प्रयोग भएको किर्ते हस्ताक्षर, प्रेस काउन्सिल अध्यक्षलाई गरिएको सिफारिस, विधान अनुसार महासंघ चल्न नसकेको तथा यसअघि सार्वजनिक रुपमा राजीनामा दिईसकेका व्यक्ति समेत बैठकमा उपस्थित भएको विषयमा अध्यक्षले स्पष्ट पार्नु पर्ने माग राखेका छन् । केन्द्रीय सदस्यहरुले महासंघको गरिमा नै आँच आउने विषयमा अध्यक्षले जवाफ दिएर स्पष्ट पारेपछि मात्रै बैठक सञ्चालन गर्न माग गरेका छन् । त्यस्तै राजीनामा घोषणा गरिसकेका व्यक्ति बैठकमा आएको विषयमा पनि कुरो उठेको छ । केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेपनि पदाधिकारीहरु भने बहिस्कार गरेका छैनन् । अहिले पदाधिकारीहरु छलफलमा जुटिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij