२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

धोबीखोला करिडोरको समस्या तत्काल समाधान गर्न निर्देशन

धोबीखोला करिडोरको समस्या तत्काल समाधान गर्न निर्देशन

गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
  • काठमाडौं, २९ पुस । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबीखोला करिडोरको अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो ।

    टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij